हेर तिमी र म छौँ यहाँ आजभोलि, के हुन्छ खै ?
संसारमा जे छ त्यसैलाई अंगाली बाँचौँ न है
आकाश उसैको धर्ती हो जसको, हामी त केवल यात्री
पाइला सँगसँगै जीवन बोकेर हिँड न मेरो साथी
हिँडौँ न मेरो साथी
हिँडौँ न मेरो साथी

सबै भुलेर प्रकृतिसँग रमाएर सधैं
डुली रहौँ न हामी सँगसँगै खुसी फैलाउँदै
जून उसैको घाम हो जसको, हामी त केवल यात्री
पाइला सँगसँगै जीवन बोकेर हिँड न मेरो साथी
हिँडौँ न मेरो साथी
हिँडौँ न मेरो साथी

बाटो हिँडेर सम्झनाहरू साँची राखौँ न है
ऐना भित्र त जीवन देखिन्न छाँया पछ्याउन है
रात उसैको दिन हो जसको, हामी त केवल यात्री
पाइला सँगसँगै जीवन बोकेर हिँड न मेरो साथी
हिँडौँ न मेरो साथी
हिँडौँ न मेरो साथी

Copy the code below and paste it into your website:

Yaatri

👤 Artist: Ujjwal Saagar

🗓 Release Date: February 15, 2025

🎧 Produced By: Studio M

✎ᝰ. Written By: Ujjwal Saagar & Aarzoo

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ Love SongNepali
Share This Article
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.