Tultuley Lyrics in English by Mero Serofero: The new song “Tultuley” has been released on the Mero Serofero YouTube channel. The track features Anura’ag on guitar and backing vocals, with Dinesh Upadhyay on lead vocals. James Purkuti plays bass, and the music direction, composition, and lyrics are also by Anura’ag.
Tultuley Lyrics | Mero Serofero | टुल्टुले
टुलटुले आँखा गर्दछ चिमी, चिम् चिम्, चिम् चिम्
खुल्छ ति आँखा चम्कन्छ टिमि, टिम् टिम् टिम् टिम्
रातम्मे गाला पार्दछ पुक्क, पुक् पुक्, पुक् पुक्
चन्चले नानी को बानी किन, छुक् छुक्, छुक् छुक्
हा हा हा….
हिमाल झै दाँत हाँस्दछ खिति, खित् खित्, खित् खित्
रिसले होकी बंगारा किटी, किट् किट्, किट् किट्
कानेलाई खुसी गर्दछ खुसु, पुसुक् खुसुक्
खेल्न लाई बस भन्दछ, टुसुक् टुसुक् टुसुक्
बुल्डुंग कुल्डुंग हिँड्छ, कसलाई के था मन् मा के छ
ऊ, मुसुमुसु हाँसो मन् को दियो जब बलो
नौलो उसको संसार माया नै हो उसलाई उपहार
ढाँचा ढाल्ने यस्तै हो छैन गुनासो
आ… हा…हा
घडी को ताल टिकीटी टिकी, टिक् टिक्, टिक् टिक्
बज्यो है धुन पात को पिरि, पिप् पिप्, पिप् पिप्
गार्हो हुन्छ बुझ्नलाई रुन्छु म, सुक् सुक्, सुक् सुक्
मिठाई को आभास खान्छु म, कुटु कुटुक्, कुटुक्
आ… हा…हा
बादल को गर्जन पानी है पर्यो, झम् झम्, झम् झम्
खुट्टामा पाउजु नाच्दछ छम, छम् छम्, छम् छम्
झल्कँदो माया देख्दछ झल, झलमल झलमल
खुशी को तरल बग्दछ कल, कलकल कलकल
बुल्डुंग कुल्डुंग हिँड्छ, कसलाई के था मन् मा के छ
ऊ, मुसुमुसु हाँसो मन् को दियो जब बलो
नौलो उसको संसार माया नै हो उसलाई उपहार
ढाँचा ढाल्ने यस्तै हो छैन गुनासो
आ… हा…हा
Mero Serofero – Tultuley (टुलटुले)
Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics