तिमीलाई मैले सरररर,
तिमीलाई मैले सरररर,
भटभटेमा डुलाउनी,
भटभटेमा डुलाउनी,
थोत्रै भएनि कान्छी,
भाट भटेनी पुराउनी,
भाट भटेनी पुराउनी,
भन तिमीले मलाई जहिले
किन बिल तिराउनी?
हो किन बिल तिराउनी?
तिमीलाई मैले सरररर
तिमीलाई मैले सरररर
दरबारमार्ग घुमाउनी,
दरबारमार्ग घुमाउनी,
लाइसेन नहुँदा त कान्छी
ट्राफिक दाईले समाउनी,
ट्राफिक दाईले समाउनी,
भन कहिले तिमीले मलाई
स्कूटरमा घुमाउनी?
हो स्कूटरमा घुमाउनी ?
भन्थ्यौ सँगै हामी
संसारै डुलम्ला,
हामी दुई भए त
समुन्द्रै तारम्ला,
भन तिमीले किन मलाई
गफ मात्रै लाउनी?
हो गफ मात्रै लाउनी?
तिम्रै गल्लि हिँड्दा हिँड्दा,
तिम्रै गल्लि हिँड्दा हिँड्दा,
जुत्ता मैले फाटाउनी,
जुत्ता मैले फाटाउनी
तिम्रो बाउले देख्लान् भन्दै
अर्कै गल्लि मा आऊनी,
अर्कै गल्लि मा आऊनी,
भन तिमीले यो माया को
ब्याज कहिले बुझाउनी?
हो ब्याज कहिले बुझाउनी?
तिमीले सबको कुरा काट्दै,
तिमीले सबको कुरा काट्दै,
मेरो टाउको दुखाउनी,
यो नि भएन त्यो नि भएन
भनी मलाई कराउनी,
जहिले मलाई कराउनी,
भन तिमीले यति मलाई
किन धेरै रुवाउनी हो?
किन धेरै रुवाउनी?
भन्थ्यौ सँगै हामी
जिन्दगी बिताम्ला,
घाम ताप्दै छतमा
सुन्तला चापम्ला,
भन माया कहिले
यस्तो दिनहरू आउँनी?
दिनहरू आउँनी
हो दिनहरू आउँनी?
मारेउ नि
मारेउ नि
धरो धर्म मारेउ नि
नसोधी मलाई
मेरै मुटु चोरी लगेउ नि
तिमीलाई मैले सरररर,
तिमीलाई मैले सरररर,
भटभटेमा डुलाउनी,
भटभटेमा डुलाउनी,
थोत्रै भएनि कान्छी
भाट भटेनी पुराउनी,
भाट भटेनी पुराउनी,
भन तिमीले मलाई जहिले
किन बिल तिराउनी?
हो किन बिल तिराउनी?
किन बिल तिराउनी?
हो किन बिल तिराउनी?
ब्याज कहिले बुझाउनी?
हो ब्याज कहिले बुझाउनी?
किन धेरै रुवाउनी हो?
किन धेरै रुवाउनी?
Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics
♫ Timlai Maile Sararara
👤 Artist: Suzal Gautam
🗓 Release Date: March 17, 2025
✎ᝰ. Written By: Suzal Gautam
📝 Lyrics Transcribed By: Pradip Shrestha