सँगी, डुब्दै छु तिम्रो यादमा
रित्तो-रित्तो छु म,
छैनन् बाँकी कुनै अरू चाहना
शून्य-शून्य भो मन,
बिलाइसके सबै जिउने बाहाना
घर जलेर आज खरानी भो सबै
मन डढेर आज बिरानी भो, कठै
सँगी, डुब्दै छु तिम्रो यादमा
सँगी, जल्दै छु तिम्रो यादमा
सँगी, सँगी
मेट्दै छु भाग्य हातमा
मेट्दै छु भाग्य हातमा
यो समय पनि त कति निठुर भएर खोसी लग्यो मेरा खुशीहरू
डुबाई जीवन यो आँसुको आहालमा चुँडी लाग्यो मेरा बिपनाहरू
हो, हरपल, हरक्षण भाग्यले लुटिरहेछ
छटपटाइरहेछन् मेरा टुहुरा रहरहरू
सँगी, डुब्दै छु तिम्रो यादमा
सँगी, जल्दै छु तिम्रो यादमा
सँगी, सँगी
मेट्दै छु भाग्य हातमा
मेट्दै छु भाग्य हातमा
यो विश्वास पनि त कस्तो विष रहेछ,
काखमै मार्यो मेरा आशाहरू
छिया-छिया बनाई अर्धमृत पारी बगाई लाग्यो मेरा आस्थाहरू
हो, आज किन आकाश मैमाथि खसिरहेछ?
जलिरहेछन् मनका यी कामनाहरू
सँगी, सँगी,
डुब्दै छु तिम्रो यादमा
सँगी, सँगी,
जल्दै छु तिम्रो यादमा
सँगी, सँगी
मेट्दै छु भाग्य हातमा
मेट्दै छु भाग्य हातमा
मेट्दै छु भाग्य हातमा
मेट्दै छु भाग्य हातमा
Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics
♫ Sangi
👤 Artist: Shiva Pariyar
✎ᝰ. Written By: Bhupendra Khadka
📝 Lyrics Transcribed By: Pradip Shrestha