[Verse]
जीवन निरन्तर चलिरहन्छ,
पछाडि नहेरी अगाडि
बढिरहन्छ
सम्बन्धहरू सधैँ…..
उस्तै रहँदैनन्
तीता र मीठा
सम्झनाहरू …को
गल्लीहरूमा
घुम्न चाहन्छु
तर… यादहरुले मलाई
पर्खिदैनन
[Chorus]
टाढिएको
साथी ए मेरो
सम्झिदै छु
आज म तिमीलाई
फुर्सद भए
सम्झिनु है
मलाई पनि
कहिले काही
[Verse]
बसन्त महिनाका
कोपिलाहरू झैँ
ती नाजुक कलिला
क्षणहरू संग रमाउन मन छ
तर… यो सासले मलाई
पर्खिदैन
[Chorus]
टाढिएको
साथी ए मेरो
सम्झिदै छु आज म तिमीलाई
फुर्सद भए
सम्झिनु है
मलाई पनि
कहिले काही
[Bridge]
मलाई लाग्थ्यो कि
तिम्रो र मेरो कथा संगै
जोडिएको थियो
मलाई लाग्थ्यो कि
कि हामीसँग धेरै
समय…
बाँकी थियो….
आशा छ खुशी छौ होला….
आशा छ ठीकै छौ होला…..
तर… नियतिले हामीलाई पर्खिएन
[Chorus]
टाढिएको
साथी ए मेरो
सम्झिदै छु
आज म तिमीलाई
फुर्सद भए
सम्झिनु है
मलाई पनि
कहिले काही
टाढिएको
साथी ए मेरो
सम्झिदै छु
आज म तिमीलाई
फुर्सद भए
सम्झिनु है
मलाई पनि
कहिले काही
Copy the code below and paste it into your website: