Verified Lyrics These lyrics have been verified by the Kathmandux Team.

Saathi Lyrics In Nepali by Yama Buddha

[Verse 1]
ऊ मेरो बाल्यकाल देखिको मिल्ने साथी
हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथी
हामी सहर घुम्न जन्थ्यौ रातिराति भागीभागी
घरमा आमाबुबालाई ढाँटी
मर्न र मार्न तयार एक अर्कोको लागि
सधै संगै बस्थ्यौ स्कुल पढदा हामी
दुबै न जाने यदि एउटा बिरामी
जे पनि बाडने हाम्रो राम्रो थियो बानी
उस्ले एक दिन चुरोट सल्काइ सोध्यो,ओए खाने?
मैले पनि ताने संकोचै नमानि
दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी
बिस्तारै कुलतमा फसियो
जानी नजानि गाँजा अनि गोटि
सामान र पानी यो पछि त्यो, त्यो पछी त्यो दामि
झ्याप नभै दिन पनि राम्रै नलाग्नि
त्यसपछी फेरि कहिल्यै उस्तै रहनौँ हामी

[Chorus]
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले

[Verse 2]
यसरी नै लागूपदार्थमा डुब्दै गयौ
गलत निर्णय खराब परिणामको शिकार भयौ
कतिलाई कुट्यौ, लुट्यौ, कतिलाई ठग्यौँ
घरमा आफ्नै आमाबुबा सँग झर्क्यौ
आफैमा लड्यौ तर खान छोडेनौ
बिस्तारै हामी एकअर्का सँगै बोलेनौ
सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा
ऊ बिना मलाई एक रती राम्रो लागेन
अब सबै त्याग्ने मैले बाचा गरे
बाहिर ननिस्कि कोठा भित्र सुतेर बसे
बिस्तारै म पढाइ तिर अघि बढे
सुन्ने गर्थे ऊ अझै तेस्तै छ भन्ने
एक दिन अचानक उसको भाई मसंग रुन लाग्यो
मेरो मनमा विभिन्न प्रश्नहरु उठ्न थाल्यो
उ अघिल्लो रात अस्पतालमा बित्यो रे
म माथि आकाश खस्यो, म बेहोसिए

[Chorus]
नहोलासंगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले

[Verse 3]
विभिन्न प्रश्नहरुको उत्तर खोज्छु म
If you never sort it out, take a bit, सोच्छु म
सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो
तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो
हार पनि जीत, जीत पनि हार हुन्थ्यो
घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो
दु: ख सुख मा सङ्गै रोईन्थ्यो हासिन्थ्यो
तँ र म दाजुभाई जस्तो बाँचिन्थ्यो

[Hook]
के लानुछ जिन्दगी दुई दिनको नासो हो
तँ चाडैँ गईश तर एक दिन म पनि आउँछु
शान्त सुन्दर संसारमा त्यो बादल पारिको
जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो
त्यसैले लड्दै छु संघर्ष गर्दै छु
तँ कस्तो छस, साथी? म सन्चै छु
तेरो याद आयो अनि सम्झेर बस्दै छु
हामी फेरि भेट हुन्छौँ भनी दिन गन्दै छु

[Chorus]
अँ नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले

YAMA BUDDHA- SAATHI [OFFICIAL MUSIC VIDEO]

Saathi Official Music Video

Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics

Copy the code below and paste it into your website:

Share This Article

COMMENTS

Leave a review

Leave a Review

- Advertisement -

CONTRIBUTE

Kathmandux is one of the best lyrics website, providing up-to-date lyrics for Nepali songs. It’s a community-driven platform where anyone can register to upload, edit, or delete lyrics. ✍🏻

×

Edit Lyrics