मुहार मुस्कुराए नि
भित्र कतै दुखि नै छु कि
गन्तब्य खोज्दा खोज्दै
आफुलाई नै बिर्सी सकेकी
दिन देख्ने आसमा
रातै याहा कट्दैना कि
सधै भिडमा भए नि
सुन्यता ले छाड्दैन कि
हे इश्वर
भनिदेउ कहाँ जाने म
अब या कसलाई सोध्ने त
उत्तर कहिँ पाएन
क चै गर्ने
हे इश्वर
बरु लग यो जिन्दगानी
सुम्पिदिए तिमीलाई आफ्नै ठानी
थाकिसके धेरै
थाकिसके धेरै
आँखाले देखे नि यो
भित्र कतै अंधाई पो छु कि
सुने जस्तो लाग्छ खै
केहि कुरा यादै छैन कि
हिडेको त धेरै भो
लडेको बिर्सिन्छु कि
आशु बिना दिन रात
यहाँ रुदै छु कि
हे इश्वर
भनिदेउ कहाँ जाने म
अब या कसलाई सोध्ने त
उत्तर कहिँ पाएन
क चै गर्ने
हे इश्वर
बरु लग यो जिन्दगानी
सुम्पिदिए तिमीलाई आफ्नै ठानी
थाकिसके धेरै
थाकिसके धेरै
Copy the code below and paste it into your website: