486x486bb

Pabitra Subba – Jiu Dhanai Lyrics | जिउ धनै

Jiu Dhanai Pabitra Subba Lyrics

जिउधनै भाके नि फूलपाती राखे नि
देउरालीमै सुकाई आएँ पातैभरि माया
हिँड्दा हिँड्दै छुटाई आएँ बाटैभरि छायाँ
एहई निलै आ हा हा हा हा हा

धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
घामपानीले चुम्छ मलाई हावा सुम्सुमाउँछ
पिरको पहाड बिसाऊ भन्दै तारा टिम्टिमाउँछ
एहई निलै आ हा हा हा हा हा

कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
मिठामिठा सपना पनि यही धुलोमै देखेँ
कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
मिठामिठा सपना पनि यही धुलोमै देखेँ
लेख्न बाँकी सानो खुसी मनमा अझै छ कि
फेरि अर्को जङ्घार मैले तर्नु रैछ बाँकी

एहई निलै आ हा हा हा हा हा
आ हा हा हा हा हा
आ हा हा हा हा हा

Jiu Dhanai ।जिउधनै ।- Pabitra Subba

Jiu Dhanai Official Music Video
Share This Article
Edit Lyrics
Please enable JavaScript in your browser to complete this form.
Leave a review

Leave a review

"Feel the vibe? Share the lyrics and let others feel it too!"

Contribute here to help make Kathmandux bigger and better. 👇😀