यी साँझहरु
सम्हालि राख न है
तिमिलाइ त थाहै छ
म बाट चिजहरु
तेति सम्हालिन्नन
अनि भावना
परको कुरा ।

मेरो अङ्गालो
सानो हो कि
तिम्रो माया हो बढि
जो समेटिन्न मनमा
चाहे केही गरि

अनगिन्ति शब्दहरु
चुप्पचाप येसै
थकित छन अझै
भित्रै मुटुभरी

अब
क्रमश ढल्नेछन दिनहरु
बेफिक्र गल्नेछन रातहरु
सम्झनामा रहला सधैँ

निशब्द, यी साँझहरु
सम्हालि राख न है
तिमिलाइ त थाहै छ
म बाट चिजहरु
तेति सम्हालिन्नन
अनि भावना
परको कुरा ।

Copy the code below and paste it into your website:

🎵 Nishabda

👤 Artist: Ujjwal Saagar

📅 Release Date: August 1, 2020

🎧 Produced By: Studio M

✍️ Written By: Ujjwal Saagar

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ LoveNepali
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.