घरआगन अनि साथीभाई
दर्शन नमस्ते है सबैलाई
सुखदुःख भन्नु यस्तै रैछ
को आफ्नो विदेशमा को पराई
ठूला शहर यहाँ बेग्लै सोचाई
आइपुगें म पनि केहि गर्नलाई
सबैलाई सम्झना मनबाट नै
आशा छ माया यो नमरोस है
मेरो तन अहिले यहाँ भएनी
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा
मन थिएन यहाँ आउनलाई
मरिमेटी धन कमाउनलाई
के गर्नु देशभरी बेरोजगारी
थाम्न सकिएन ऋणको भारी
आमा मेरी तिमी क्षितिज पारी
याद आउँछ झलझली मुटुभरी
बाबा र बहिनीलाई ठिकै छ नि
सम्झन्छन होला नि मलाई पनि
मेरो तन अहिले यहाँ भएनी
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा
माया मेरी तिमी नरुनु है
आउने छु म अलि पर्खनु है
जिन्दगीमा मेरो तिमी बाहेक
कोही छैन चित्त नदुखाउनु है
सन्चै छु म पिर नलिनु है
समयले कहाँ पुर्याई दियो खै
मेरो तन अहिले यहाँ भएनी
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा
मेरो तन अहिले यहाँ भएनी
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
प्यारो नेपालमा
Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics