Suna Suna Sundari Nango Gaun Lyrics

सुन सुन सुन्दरी
नहेर न कर्केर, नहिड न तर्केर
जोबन बित्ला हामीलाई पर्खेर
जोबन बित्ला हामीलाई पर्खेर

ए सुन सुन सुन्दरी
फुर फुर उड्ने पुतली
बस्यो फुलको थुंगा मा
न देखेनी गरेर, न देखेनी गरेर

ए सुन सुन बैमानी नगर न मनमानी
फुर फुर उड्ने पुतली
गयो डाली चुमेर, गयो डाली चुमेर

जे जे छ खाउँला मिठो मसिनो
निदाउला तिम्रो काखैमा
कुन फुल रहेछौ कुनी तिमी
फुलेउ नि मेरो आँखैमा

भए सिर्फुल नभए लाउला, लाछा डोरी उनैको
सबको माया बैगुनी छ
तिम्रो माया गुनैको, तिम्रो माया गुनै को
जुन तारा सजाए, माया को देश मा
बनाउला एउटा घर
जति छ जिबन, तिमी मै अपर्ण
गरिदिउला जुनी भर, गरिदिउला जुनी भर

ए सुन सुन सुन्दरी
तिम्रै छाया जुन भरि, तिम्रै माया मन भरि
सधैलाइ सजाउला, सधैलाइ सजाउला

ए सुन सुन बैमानी, तिम्रै साथ रुमानी
तिम्रै मात्रै सपनी
आखा भरि राखौला, आखा भरि राखौला

सुन सुन बैमानी, नहेर न फर्केर
जाला उमेर ढल्केर
रुनु पर्ला हामीलाइ सम्झेर
रुनु पर्ला हामीलाइ सम्झेर

जोबन बित्ला हामीलाई पर्खेर
रुनु पर्ला हामीलाइ सम्झेर
जोबन बित्ला हामीलाई पर्खेर

Suna Suna Sundari – Nango Gaun

Suna Suna Sundari Official Music Video
Share This Article

COMMENTS

Leave a review

Leave a Reply

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.