Fijeko Kesh Ekdev Limbu Lyrics
[Chorus]
फिँजेको केशमा सिउरेको
त्यो फूलको थुँगा सुहायो शिरैमा
हटाइदेऊ तिम्रो त्यो पछ्यौरी
देखाइदेऊ जूनझैँ मुहारै हँसिलो
[Verse]
मोतीजस्ता दन्त तिम्रा, आँखा गाजलु
तिरमिराउँछन् आँखा, म कसरी जुधाऊँ?
लुकीलुकी चियाउँदै गऱ्यौ के जादु?
झिमझिमाउने परेलीमा फस्दै छ मुटु, हा, हा-हा
[Chorus]
फिँजेको केशमा सिउरेको
त्यो फूलको थुँगा सुहायो शिरैमा
हटाइदेऊ तिम्रो त्यो पछ्यौरी
देखाइदेऊ जूनझैँ मुहारै हँसिलो
[Verse]
सजाएर राखिदिऊँ कि तिम्लाई जूनसँग? (जूनसँग)
जून पनि लजाइदेला तिमीसामु हुन
लुकाएर राख्न पाए हुन्थ्यो मुटुभित्र
दुःख सारा भुलिदिन्छु तिमी सामु हुँदा
[Chorus]
फिँजेको केशमा सिउरेको
त्यो फूलको थुँगा सुहायो शिरैमा
हटाइदेऊ तिम्रो त्यो पछ्यौरी
देखाइदेऊ जूनझैँ मुहारै हँसिलो
[Hook]
ग-ग-ग, रे-ग-रे-ग
ग-ग-ग, ग-प-प-ध-म-ग
ग-ग-ग, रे-ग-रे-ग-सा-नि
सा-सा-सा, सा-रे-रे-ग-सा-नि-सा
[Bridge]
लोलाएका ती दुई नयनमा छन् धेरै सपनाहरू
पूरा बनोस्, गर्नेछु प्रार्थना
तिम्रो हाँसोमा, मुस्कानमा लुकेका ती दुःखहरू
भुलाउन बन्नेछु सहारा
[Verse]
फूलले रङ्ग सजाउँछ तिम्रो ओठको
जूनले कथा सुनाउँछ तिम्रो रूपको
दुनियाँको नजरबाट नजर चोरेर
हेरिरहूँ तिमीलाई आँखैले छोएर, हा, हा-हा
[Chorus]
फिँजेको केशमा सिउरेको
त्यो फूलको थुँगा सुहायो शिरैमा
हटाइदेऊ तिम्रो त्यो पछ्यौरी
देखाइदेऊ जूनझैँ मुहारै हँसिलो
[Chorus]
फिँजेको केशमा सिउरेको
त्यो फूलको थुँगा सुहायो शिरैमा
हटाइदेऊ तिम्रो त्यो पछ्यौरी
देखाइदेऊ जूनझैँ मुहारै हँसिलो
Ekdev Limbu – Fijeko Kesh [Official Music Video]
Copy the code below and paste it into your website: