[Verse]
न रुनु
सपना र विपनामा
रुदा…
तिमीसित
म दुःख्छु

[Verse]
हुरी
चल्छ तिम्रो छातिमा
मनको मेरो
दीयोले
तुफान सहन्छ

[Prechorus]
तिम्रो घाम
र छहारीमा
हुर्किएको
कमलो फूल म
तिमी बिझ्दा
काँढाले
मलाई घोच्छ

[Chorus]
तिम्रो मनमा उठ्ने
खुशि तरङ्ग तरेलीमा
मन मुजूर मेरो
नाच्छ गुन्गुनाउछ
टुरु टुरु रु टुरु टू रु रु रु रु रु
टुरु टुरु रु टुरु टू

[Verse]
न मार्नु
सपना र आशा
मार्दा…
तिमीसित म हार्छु
जल्छ
सपना तिम्रो छातिमा
मनको मेरो
जीतले हार सहन्छ

[PreChorus]
तिम्रो घाम
र छहारीमा
हुर्किएको
कमलो फूल म
तिमी बिझ्दा
काँडाले
मलाई घोच्छ

[Chorus]
तिम्रो पीरको बादल
छाटिन्छ उड्छ टाढा
मन मुजूर मेरो
नाच्छ गुन्गुनाउछ
टुरु टुरु रु टुरु टू रु रु रु रु रु
टुरु टुरु रु टुरु टू

[Chorus]
तिम्रो मनमा उठ्ने
खुशि तरङ्ग तरेलीमा
मन मुजूर मेरो
नाच्छ गुन्गुनाउछ
टुरु टुरु रु टुरु टू रु रु रु रु रु
टुरु टुरु रु टुरु टू

Copy the code below and paste it into your website:

Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.